• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

कृषि मजदुर पाउनै मुस्किल


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • चितवन ६ चैत 

    Advertisement

    युवा जनशक्ति विदेश पलायन हुँदा यहाँ कृषि मजदुर पाउनै मुस्किल भएको छ । व्यावसायिक खेती गर्ने मजदुरको अभावमा धेरैले जनशक्ति खपत हुने कृषि कर्म छाड्दै गएका हुन् ।

    पहिले पहिले कम पारिश्रमिकमा कृषि मजदुर पाउने भए पनि अहिले पाएका कामदारसमेत चर्काे ज्याला तिर्नुपर्ने बाध्यता छ । भरतपुरको अमृतनगरमा रहेको युवा आधुनिक सामूहिक खेती फार्मका सचिव सुमन सुवेदी अहिले कामदारको खोजीमा नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) हुप्सिकोट गाउँपालिका पुगेको बताउनुहुन्छ ।

    त्यहाँबाट आएका युवालाई काममा लगाएर खेती गर्ने उहाँको योजना छ । उहाँले विगत पाँच वर्षदेखि तरकारीखेती गर्दै आउनुभएको छ । तरकारीखेतीका लागि कामदार नपाएपछि खोज्न हिँड्नु परेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कामदारको खोजीमा ठाउँठाउँमा पुग्नुपर्ने बाध्यता छ तर पनि लामो समय काम गर्ने कोही पाइँदैन ।”

    कृषि क्षेत्रमा काम गर्ने कामदारलाई बस्न र खान दिएर सीप अनुसार रु १२ देखि २० हजार तलब दिने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कामदार नपाउने र आफूले मात्रै गर्न नसक्ने अवस्था आएपछि कृषि कर्ममा लागेका सबै किसान पलायन हुने अवस्था आउन सक्छ ।”

    यस्तै अवस्था रहे दुई–तीन वर्षमा सबैका खेतबारी बाँझै रहने उहाँले बताउनुभयो । सामूहिक खेतीअन्तर्गत अहिले एक सय ५० बिगाहा क्षेत्रफलमा तरकारीखेती गरिएको भए पनि आवश्यक कामदार नपाउँदा थोरै कामदारले हुने काम मात्रै गर्दै आइएको छ । अहिले धेरै कामदार लाग्ने खेती खुर्सानी, भिन्डी, सिमीजस्ता तरकारी बाली गर्न किसानले छाडिसकेको उहाँले बताउनुभयो ।

    अहिले कामदार लिन मधेससम्म पुग्नुपरेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले तरकारीलाई थाँक्रो राख्ने समय भएको छ तर कामदार पाउन सकिँदैन, अब के गर्ने ?” कामदारको खोजीका लागि मात्रै एकजना दौडिनुपर्ने बाध्यता उहाँको भनाइ छ ।

    अमृतनगर क्षेत्रमा हुप्सीकोटका मात्रै एक सयभन्दा बढी कामदार आएर काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनका संयोजक लेखनाथ भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कामदार पाउनै मुस्किल भयो ।”

    एक वर्षभन्दा बढी लामो समय बस्ने कामदारको बीमासमेत गर्ने गरी कामदार ल्याए पनि छ महिनाभन्दा नबस्ने गरेको उहाँको भनाइ छ । पाँचदेखि २० बिगाहासम्म कृषि गर्ने ५० किसान रहेको जनाउँदै उहाँले अब यस्तै अवस्था रहे सबै विदेश पलायन हुने स्थिति आउने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बारीमा तरकारी टिप्नेसमेत कामदार पाउन मुस्किल भयो, व्यावसायिक किसानले कसरी खेती गर्ने ?”

    काम गर्ने मजदुर नपाएपछि प्रविधिको प्रयोग गरेर विषादी छर्ने काम सुरु गर्न लागिएको भरतपुर महानगरपालिका–२५ अमृतनगरका कृषक सुजनबाजु भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले औषधि छर्नका लागि ड्रोनको प्रयोग गर्ने योजनामा रहेका छौँ ।”

    जिल्लामा हाल १० कट्ठाभन्दा धेरै जग्गामा कृषि कर्म गर्ने दुई हजार किसान रहेको अनुमान गरिएको छ । उनीहरु अहिले कामदार पाउन नसक्दा समस्यामा पर्न थालेका छन् । जिल्लामा कामदार नपाउनु र बाहिरबाट आएका कामदारले छोटो समयमा काम छाड्नुले समस्या बढ्दै गएको भण्डारीले बताउनुभयो ।

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.