काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि बढेको छ ।
आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
आईतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले बढेको छ ।
आइतबार चाँदी प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३ हजार ५ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




