काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
पार्टीले पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
महामन्त्री गगन थापाले आफ्नो संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान गरेका हुन् । उक्त बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवश्यक प्रक्रियाहरू सुरु गर्ने विषयहरुमा छलफल हुने बताइएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सहभागी हुनेछन् ।




