काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँ बृहत् प्रदर्शन गर्दैछ।
राजा, जेनजी र राजनीतिक दलहरूबी त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राप्रपाले आज काठमाडौँको रत्नपार्कमा प्रदर्शन गर्न लागेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यान्ह १२ बजे प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
राप्रपाले आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारीका लागि राजा, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन र जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् ।
राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले जेन्जी पुस्ताले आन्दोलन र सडकस्तरका संघर्षमा प्रभावशाली भूमिका खेले पनि अन्तिम राजनीतिक सम्झौतामा भने उनीहरू कमजोर देखिएको बताए। शाहीले देशको स्थिरता र सुशासनका लागि संवैधानिक राजसंस्था जरुरी रहेको बताएका छन्।




