काठमाडौं ७ भदौ
सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । संघ र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित कार्यदलले जिम्मेवारी पुरा गर्न नसकेपछि बैठक पुनः बस्न लागेको जनाइएको छ ।
बैठक आज अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।सीट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले ठोस प्रस्ताव तयार पार्न सकेको छैन् ।
आजको बैठकले सिट बाँडफाँटको मूख्य आधार टुंगो लगाउने सम्भावना रहेको छ ।




