काठमाडाैं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेनजी’ आन्दोलन गर्ने घोषणा गरेको छ ।
मिराज ढुङ्गाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
ढुंगानाले सोमबार बिहान ११ बजे माइतीघरमा समर्थकहरूलाई भेला हुन आह्वान गरेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीको सरकारले जेन जेडको मागलाई बेवास्ता गरेको आरोप लगाए र विगत सय दिनमा जनताले कुनै ठोस प्रगति महसुस नगरेको दाबी गरे ।




