काठमाडौं । लगातार उच्च मूल्यमा पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज सोमबार सामान्य घटेको छ ।
आज छापावाल सुन तोलाको ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार आज सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलामा २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलाको ४ हजार ८३५ रुपैयाँ पुगेको चाँदी आज बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।




