काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य घट्ने क्रम आज पनि जारी छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घटेको छ । जसअनुसार सुन प्रतितोला २ लाख ५९ हजार ६०० कायम भएको छ । बुधबार एक तोला सुनको मूल्य २ लाख ६१ हजार पुगेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी रु ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ । बुधबार एकतोला चाँदी ४ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो।




