काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका छन्। लामिछानेले यी दुई आरोपहरू राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको भन्दै फिर्ता गरिदिन आग्रह गरेका हुन् ।
रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी केही समयअघि धरौटीमा रिहा भएका थिए। अहिले धरौटी र बैंक जमानतमा थुनामुक्त भएर आएपछि पनि फेरि पूरक निवेदन दिएको स्रोतले जनाएको छ।
हाल रवि लामिछानेमाथि कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन छन्। साथै, रुपन्देही र काठमाडौंमा सहकारी ठगी र संगठित अपराधका मुद्दा चलिरहेका छन् भने चितवनमा केवल सहकारी ठगीको मुद्दा दर्ता छ।




