राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार राजुनाथ पाण्डे काठमाडौँ क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै जित हासिल गरेका हुन्।
निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले १८,७५७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११,१७१ मत प्राप्त गरेका छन्। पाण्डेले ७,५८६ मतान्तरले विजयी भएका हुन्।
यससँगै उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङको काठमाडौँ–३ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजय भएको छ।




