काठमाडौं, चैत १२ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो।
आज प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। तोलामा १०० रुपैयाँले घटेर चाँदी आज प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९२० रुपैयाँ रहेको थियो।




