• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रश्ताव


  •   बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
  • काठमाडौं, चैत १२ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकीकृत रूपमा अगाडि बढ्न आगामी नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउनुपर्ने प्रश्ताव अघि सार्नुभएको छ ।

    Advertisement

    पार्टी अहिले इतिहासकै जटिल र चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै उहाँले सबै पक्षलाई समेटेर साझा स्वामित्व सुनिश्चित नगरेसम्म काँग्रेस बलियो हुन नसक्ने बताउनुभएको हो । संसदमा काँग्रेसको उपस्थिति जम्मा ३८ सिटमा खुम्चिएको अवस्थालाई ‘अत्यन्त न्युनतम संख्या’ भन्दै डा. महतले यसलाई मध्यनजर गर्दै समग्र पार्टी पंक्ति एकीकृत हुनुपर्नेमा जोड दिनुभयो ।

    डा. महतले विगतमा भएको विशेष महाधिवेशन सबैको सहभागितामा नभएको र त्यसले पार्टीलाई अपेक्षित शक्ति दिन नसकेको टिप्पणी गर्नुभयो । आम निर्वाचनअघि नयाँ नेतृत्व नभई जान सकिन्न भन्ने तर्कका साथ विशेष महाधिवेशन गरिएको भएपनि त्यसको परिणाम सशक्त आउन नसकेको उहाँको ठम्याइ छ । अहिलेको विवाद समाधानका लागि विगतका गल्ती कोट्याएर ‘पोइन्ट स्कोर’ गर्नुभन्दा साझा बिन्दु पहिल्याउनुपर्ने महतको सुझाव छ । उहाँले आगामी नियमित महाधिवेशन सम्पन्न गर्न विशेष महाधिवेशनमा जोडिएका र नजोडिएका सबै पक्षलाई समेटेर एउटा ‘आयोजक समिति’ बनाउनुपर्ने प्रश्ताव गर्नुभयो ।

    आगामी २२ गते अदालतबाट आउने निर्णयले कानूनी पाटो सम्बोधन गर्ने भएपनि पार्टीलाई जोड्न राजनीतिक संवाद नै अनिवार्य रहेको महतको भनाइ छ । उहाँले आफ्नो तर्फबाट सहमतिको वातावरण बनाउन आवश्यक योगदान दिन तयार रहेको समेत स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, ‘अपेक्षा के थियो भने यसरी नयाँ नेतृत्वबाट निर्वाचनमा जाँदा परिणाम सशक्त परिणाम आउँछ भन्ने थियो । त्यो त रहेन र परिणाम त स्पष्टै छ । त्यसैले मूलभूत रुपमा अहिले पनि हाम्रो के भनाइ छ भने पार्टी जबसम्म हामी एकीकृत मानसिक, भौतिक सबै रुपमा हामी एकीकृत हुँदैनौँ, यो पार्टी चाहिँ बलियो हुन सक्दैन । अहिलेको जुन विशिष्ट चुनौतीपूर्ण अवस्थामा त झन् त्यो चाहिँ सम्भव हुँदैन ।

    त्यसकारण अहिले जुन एउटा निराशाको अवस्था पार्टी पंक्तिमा छ, त्यसलाई आशामा रुपान्तरित गर्न जरुरी छ । त्यसको लागि फेरि हामी एकजुट भएर जान जरुरी छ । एकजुट भएर जानको लागि अब के गर्ने तरु यो पहिलाका कुरामा हामी बहसमा पोइन्ट स्कोर गर्ने होइन, यो–यो कारणले हामी ठीक थियौँ । हैन यो(यो कारणले अर्को ठिक थियो भन्ने बहसमा परिराख्ने कि हामीले अब एउटा चाहिँ साझा बिन्दु पहिल्याउने र अगाडिको दिनमा पार्टीलाई एकीकृत बनाएर यो चुनौतीबाट माथि उठ्ने भन्ने नै अहिलेको प्रश्न हो । र त्यतातिर नै सम्पूर्ण देशभरि छरिएर बस्नुभएका पार्टीका शुभचिन्तक, समर्थक, नेता, कार्यकर्ता सबै यसमा केन्द्रित हुन जरुरी छ भन्ने मलाई लाग्छ ।

    त्यस अर्थमा अहिले के छ भनेदेखि यो अदालतले पनि २२ गते जुन निर्णय भनेको छ, निर्णय चाहिँ तत्कालै निर्णय गर्दियोस् । तर त्यो निर्णयले पनि मलाई लाग्छ त्यो एउटा कानूनी पाटोको सम्बोधन गर्छ । त्यसलाई एउटा दिशा निर्देश त गर्छ। तैपनि यो पार्टीलाई चाहिँ एकीकृत गरेर जोड्नको लागि फेरि हामीले एउटा संवाद गर्न जरुरी छ र साझा बिन्दु पहिल्याउन जरुरी छ । त्यो साझा बिन्दु भनेको अब जुन नियमित महाधिवेशन त गर्नु नै छ फेरि । यो नियमित महाधिवेशन फेरि यो आम निर्वाचनको कन्टेक्स्ट पनि भइसकेको अवस्थामा अब नियमित महाधिवेशन गर्नको लागि सबै पार्टीको विशेष महाधिवेशनमा जोडिएका र विशेष महाधिवेशनमा नजोडिएको ठूलो पार्टी पंक्ति, शेरबहादुर देउवा लगायत पार्टी पंक्तिले एउटा साझा विन्दु खोजेर हामीहरुले साझा बिन्दु खोजेर त्यो नियमित महाधिवेशन सम्पन्न गर्नको लागि एउटा आयोजक समिति जस्तो बनाएर, एउटा कमन ओनरशिप सुनिश्चित गरेर अगाडि बढ्यो भने त्यो नियमित महाधिवेशनबाट आएको नेतृत्वलाई पनि एउटा सर्वस्वीकार्य नेतृत्वलाई मानेर अगाडि बढ्ने परिस्थिति निर्माण हुन्छ ।

    त्यसकारण अहिले के छ भने अब आफ्नो–आफ्नो हिसाबले अधिवेशन घोषणा गरेर जाने कुराले पनि यसलाई समाधान दिँदैन । त्यसकारण २२ गतेको यो निर्णय पर्खौं । त्यसपछि पनि अब यो निर्णय आएको छ, यसको बाबजुद हामी एक हुन जरुरी छ । एक हुनको लागि यसरी जान जरुरी छ र नियमित महाधिवेशनमा साझा सहकार्य र हिस्सेदारीका साथ र त्यो महाधिवेशन गर्ने निकायलाई सबैले विश्वास गर्ने वातावरण हुन जरुरी छ भनेर गयो भने मलाई लाग्छ यसले एउटा पार्टीलाई दिशा निर्देश गर्छ र पार्टी पंक्तिलाई एकीकृत गर्छ भन्ने मलाई लाग्छ । र त्यसमा एउटा सहमतिको वातावरण बनोस् र एउटा साझा सूत्रमा हामी जोडिन सकौँ भन्नको लागि मेरो तर्फबाट हुनसक्ने योगदान म गर्न तयार छु। तर त्यसमा सम्बन्धित सबै पक्ष साथीहरुले त्यही किसिमबाट सोच राख्न जरुरी छ। अहिले एकअर्कालाई गालीगलौज गर्ने, यो पक्ष यस्तो उस्तो भन्ने अहिले पनि म सामाजिक सञ्जाल मिडियामा देख्छु । यो रोगबाट नेपाली कांग्रेसका साथीहरु मुक्त हुन जरुरी छ । त्यसले परिणाम दिँदैन र पार्टीको हित गर्दैन र यो चुनौतीलाई हामीले संयुक्त रुपमा साझा रुपमा सामना गर्न सक्दैनौँ भन्ने पनि मेरो ठम्याइ छ । त्यसकारण साझा बिन्दु पहिल्याउन जरुरी छ र एकीकृत भएर पार्टी अगाडि बढ्न जरुरी छ ।’

    नेता महतले सामाजिक सञ्जाल र मिडियामा एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्तिबाट मुक्त हुन पार्टी कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल

    बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    संसद्का बैठक जारी: विभिन्न विधेयक र कार्यसूचीमाथि छलफल हुँदै (LIVE)
    राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य
    कांग्रेसको १५औँ महाधिवेशन: देउवा पक्षद्वारा आजदेखि समानान्तर वडा अधिवेशन सुरु
    कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने
    प्रतिनिधि सभा बैठक, २०८३ असोज १५ गत (LIVE)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.