काठमाडौं, जेठ १ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि उच्च गिरावट देखिएको छ।
आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको फेरबदलका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको महासंघले जनाएको छ।




