काठमाडौं, जेठ ५ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ।
संसदीय सुनुवाइ समितिले मंगलबार उहाँको सुनुवाइ प्रक्रिया सकिएलगत्तै नाम अनुमोदन गर्ने निर्णय गरेको हो। सोमबारदेखि सुरु भएको सुनुवाइ र छलफलपछि समितिले शर्मालाई प्रधानन्यायाधीशका लागि उपयुक्त ठहर गर्दै सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।




