जनकपुर, साउन १४ । सुनसरीको घटनालाई लिएर जनकपुरमा प्रदर्शन उग्र बन्दै गएपछि र स्थिति नियन्त्रणबाहिर जान सक्ने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगराईन नगरपालिका क्षेत्रका विभिन्न भागहरूमा यो आदेश लागू गरिएको हो। प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपका कारण उत्पन्न तनावपूर्ण स्थितिलाई थप बिग्रिनबाट रोक्न प्रशासनले यो कडा कदम चालेको हो।





