काठमाडौं, असोज १६ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक सिंहदरबारमा जारी छ। बिहान ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूले मौखिक तथा लिखित प्रश्नका उत्तरहरू टेबुल गर्ने, विभिन्न विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने र संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिकसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची रहेको छ।




