काठमाडौं, असोज २८ । आदिवासी जनजाति क्लस्टरतर्फको मतगणना सम्पन्न भएको छ। सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ अत्यधिक मतका साथ विजयी भएका छन्।
लामाले ३ हजार २४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।
आदिवासी जनजाति महिलातर्फ ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा ८ जना निर्वाचित भएका छन्। महिलातर्फ निर्वाचित हुनेमा गीता गुरुङले २ हजार ८५९, डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरेका छन्।
त्यसैगरी, आदिवासी जनजाति पुरुषतर्फ १२ पदका लागि ४१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। पुरुषतर्फ तीर्थ लामा ४ हजार ४२५ मतसहित सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका छन्।
निर्वाचित हुने अन्य उम्मेदवारमा ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरेका छन्।
निर्वाचन समितिका अनुसार आदिवासी जनजाति क्लस्टरतर्फको मतगणना सम्पन्न भएसँगै महिला तथा पुरुषतर्फका निर्धारित पदमा उम्मेदवारहरू निर्वाचित भएका छन्।




