काठमाडौं २३ भदौ ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि नेपाली कांग्रेसमा धमाधम उम्मेदवार सिफारिस भैरहेको छ । काभ्रे क्षेत्र नम्बर २ ‘क’ बाट युवा नेता होमराज चौलागाईंको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
नेता चौलागाईं समाजसेवीको रुपमा परिचित छन् । उनी सफल उद्यमीसमेत हुन् । उनको कामबाट नेतृत्व पनि प्रभावित छ । कांग्रेसको जनजनमा बस्न सफल नेता चौलागाईं कांग्रेस बाग्मती प्रदेशका सदस्य पनि हुन् ।उनलाई प्रदेशसभामा लैजानको लागि उक्त क्षेत्रका जनताले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् ।
कोरोना महामारीको बेलामा उनले खेलेको भूमिका र विकासप्रतिको लगावको कारण उक्त क्षेत्रका जनताले उनलाई यसपटक सदनमा देख्न चाहेका छन् । देश तथा विदेश सयर गरेका चौलागाईं विभिन्न व्यवसायमा समेत संलग्न छन् । उनले नेतृत्व गरेका संस्थाहरुले हजारौंको संख्यामा रोजगारी सिर्जना गरेका छन् ।




