चितवन, ८ कात्तिक ।
भरतपुर महानगरपालिका १० स्थित राजमार्गमा मंगलबार दिउँसो शंकास्पद वस्तु भेटिएको छ । बम आशंका गरिएको सो वस्तु नेपाली सेनाले निष्क्रिय बनाउँदै छ ।
शंकास्पद वस्तु निष्क्रिय पार्नका लागि प्रहरीले भरतपुरस्थित अशोका होटल अगाडिको राजमार्ग क्षेत्र खाली गराएको छ । सवारीसाधनलाई भित्री बाटोतिर पठाई राजमार्ग खाली गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले शंकास्पद वस्तु कसले किन राखेको भन्ने खुल्न नसकेको जानकारी दिएकाे छ । सडकमा शंकास्पद वस्तु राख्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




