नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी भाषामा अनुवाद गरिएको भगवतगीताको उपहार दिएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (X) मा सेयर गर्दै धर्मग्रन्थलाई विश्वव्यापी रूपमा लाखौंको लागि प्रेरणाको स्रोत भनेका छन्।
यो उपहार मोदीको निवासस्थलमा आयोजित निजी डिनरका क्रममा दिइएको हो। पुटिन भारतको दुई दिने भ्रमणका लागि बिहीबार साँझ न्यू दिल्लीमा पुगेका थिए।




