काठमाडाैं । आज बिहीबार सुन प्रतितोला एक हजार रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५३ हजार १०० रूपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ५२ हजार १०० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज बिहीबार चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले बढेको छ। बुधबार ३ हजार ७५० रूपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।।




