काठमाडाैं । निरन्तर बढेको सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ ।
आज एकै दिनमा सुन ३ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ लाख ६१ हजार ४०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रति तोला १३० ले बढेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार ४ हजार १०५ रुपैयामा कारोबार भएको थियो ।




