काठमाडाैं । मंगलबार उच्च मूल्य कायम भएको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य प्रतितोला ५५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
जसअनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




