काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एकैपटक २ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेकाे छ । बिहीबार तोलाको ४ हजार ४१५ रुपैयाँ रहेको चाँदी शुक्रबार ४ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।




