• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

भेनेजुएलाका राष्ट्रपति मदुरो न्यूयोर्कको हिरासतमा, अन्तरिम राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई


  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित
  • काठमाडौं । अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्‍याइएको छ।

    Advertisement

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामाथि आफ्नो देशले आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिइएको बताएका थिए।

    मदुरो र उनकी पत्नीलाई न्यूयोर्क ल्याइँदै गरिएको तस्बिर उनले सामाजिक सञ्जाल ट्रूथ मार्फत् सार्वजनिक गरेका थिए। ट्रम्पले ‘यूएसएस इवो जिमा’ युद्धपोतभित्र आँखामा पट्टी बाँधिएको अवस्थामा मदुरोको तस्बिर सार्वजनिक गरेका थिए।

    न्यूयोर्कको स्टुवर्ट एअर न्याश्नल गार्ड बेसमा अवतरणपछि उनलाई हेलिकप्टरमार्फत म्यानहटन पुर्‍याइएको थियो। त्यहाँबाट मदुरो दम्पतीलाई ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर लगिएको छ।

    यद्यपि अधिकारीहरूले यसको आधिकारिक पुष्टि गरेका छैनन्। राष्ट्रपति ट्रम्पले “सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म” भेनेजुएलाको शासन सत्ता अमेरिकाले “चलाउने” बताएका छन्। कराकासस्थित भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेस देशको सर्वोच्च नेता रहने आदेश जारी गरेको छ। उनले अब अन्तरिम राष्ट्रपतिका रूपमा काम गर्ने ठानिएको छ।

    समाचार संस्था रोएटर्सका अनुसार अदालतले आफ्नो आदेशमा रोड्रिगेसले उक्त पदमा रहेर “प्रशासकीय कामकारबाहीको निरन्तरता र राष्ट्रको बृहत् सुरक्षाको सुनिश्चितता” गर्नुपर्ने उल्लेख गरेको छ।

    बीबीसीका संवाददादाता टम बेटमनका अनुसार ट्रम्पले आफ्नो देशमा लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न नभई त्यहाँको विशाल तेल दोहन गर्ने नियत राखेको कतिपय भेनेजुएलाका नागरिकहरूको विश्वास छ। सरकारी टेलिभिजनमार्फत् सम्बोधन गर्दै भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले यसअघि देशका एक मात्र राष्ट्रपति मदुरो नै भएको बताएकी थिइन्।

    भेनेजुएलाले “अत्यन्त गम्भीर सैनिक आक्रमण” भएको भन्दै देशभरि राष्ट्रिय आपत्काल घोषणा गरेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिवका एक जना प्रवक्ताले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य कारबाहीबाट आफू “अत्यन्तै चिन्तित” भएको महासचिव एन्टोनियो गुटेरसले बताएको उल्लेख गरेका छन्।

    उनले “उक्त क्षेत्रमा निम्तिन सक्ने प्रभावबारे चिन्तित रहेको” पनि बताएका छन्। “भेनेजुएलाको यो परिस्थितिमा मात्रै पनि अहिलेका घटनाक्रमले खतरनाक नजिर स्थापित गरेका छन्,” विज्ञप्तिमा भनिएको छ। “महासचिवले अन्नर्राष्ट्रिय कानुन र राष्ट्रसङ्घको विधानको सबैले पूर्ण सम्मान गर्नुपर्नेमा निरन्तर जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय कानुनको पालना नभएकोमा उहाँ अन्त्यन्तै चिन्तित हुनुभएको छ।”

    चीन र रुसको समर्थनमा कोलम्बियाले सुरक्षा परिषद्‌को आपत्कालीन बैठक आह्वान गरेको छ। भेनेजुएलाबाट पक्राउ परेका मदुरो दम्पती न्यूयोर्कको म्यानह्याटनस्थित पश्चिमी भागमा रहेको अमेरिकी लागुऔषध नियन्त्रण निकाय डीईएको मुख्यालयमा सबैभन्दा पहिले पुर्‍याइएका थिए।

    शनिवार बिहान नहुँदै मदुरोलाई भेनेजुएलाको राजधानी काराकासबाट अमेरिकी हेलिकप्टरमार्फत बाहिर लगिएको थियो। त्यसपछि उनलाई क्यारिबिअन सागरको अज्ञात स्थानमा रहेको अमेरिकी युद्धपोत ‘यूएसएस इवो जिमा’मा पुर्‍याइएको थियो।

    त्यसपछि मदुरोलाई क्युबास्थित ग्वान्टानामो बेमा रहेको अमेरिकी नौसैनिक अड्डामा लगियो। त्यहाँबाट उनलाई अर्को विमानमा सारेर न्यूयोर्क राज्यको ओरिन्ज काउन्टीमा रहेको स्टुवर्ट एअर फोर्स बेसतर्फ उडाइयो। स्टूवर्ट एयर फोर्स बेस पुगेपछि मदुरोलाई फेरि हेलिकप्टरमार्फत् न्यूयोर्क सहर भित्र्याइएको थियो। पक्राउ परेदेखि अमेरिकामा अवतरणसम्म मादुरोले करिब ३,३०० किलोमिटर दूरी पार गरेका थिए।

    अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नी, प्रथम महिला सिलिया फ्लोरेसमाथि न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा अभियोग दर्ता गरिएको जानकारी दिएकी छन्। उनीहरूमाथि लागुऔषध–आतङ्कवादको षड्यन्त्र र कोकिन आयात, मशीनगन तथा विनाशकारी हतियार राखेको अनि अमेरिकाविरुद्ध मशीनगन र विनाशकारी हतियार राख्न षड्यन्त्र गरेको आरोप लगाइएको छ।

    मदुरोमाथि न्यूयोर्कमा लागुऔषध र हतियारसम्बन्धी अभियोग दायर गरिएको छ। आफूमाथि अमेरिकाले लगाउँदै आएको लागुऔषध कार्टेलको नेता भएको आरोप मदुरोले अस्वीकार गर्दै आएका छन्। अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन प्रणालीमा उनीहरूको विवरण प्रविष्ट गर्नुअघि बायोमेट्रिक विवरण, औँठाछाप र अनुहार प्रष्ट देखिने अर्धकदको तस्बिर लिइन्छ।
    स्वास्थ्य परीक्षण जस्ता प्रक्रिया पूरा गरेपछि मदुरो र उनकी पत्नीलाई अदालतमा औपचारिक रूपमा अभियोग सुनाइने अधिकारीहरूले बताएका छन्।

    मदुरोलाई सोमवार मात्रै अदालत उपस्थित गराइने ठानिएको छ। (बीबीसी नेपाली)

    आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमनदी पग्लिँदै गएको भन्दै गुटेरेसले विश्वको ध्यान नेपालतर्फ खिचे
    अष्ट्रेलियाको आप्रवासन प्रणालीमा कडाइ: विद्यार्थी र ब्याकप्याकर भिसामा थप नियम, आप्रवासन संख्या घटाइने
    कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १३२ जनाको मृत्यु
    मस्कोमा अनौठो विवाह : दुई ह्युमानोइड रोबोट बने दुलाहा–दुलही, संसारभर चर्चा
    भेनेजुएलामा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १४००, मानवीय संकट गहिरियो
    अमेरिका-इरान ऐतिहासिक सम्झौता: हर्मुज जलघाँटी खुला भएसँगै विश्व ऊर्जा संकट टर्ने संकेत

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.