काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज बुधबार प्रतितोला ४०० रूपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
जसअनुसार सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार ताेलामा एकैपटक रू ३१ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५५ रूपैयाँले बढेर ४ हजार नौ सय ३५ रूपैयाँ कायम भएको छ।
अघिल्लो दिन तोलामा ४ हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।




