काठमाडाैं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएर कीर्तिमानी उचाइमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज सुन प्रतितोला रु १८०० रुपैयाँले बढेर २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीले पनि नयाँ रेकर्ड राखेको छ । आज चादी प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी ५ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।




