काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने भएका छन्।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार शनिबार बसेको नेकपा (एमाले) सचिवालय बैठकले झापा–५ निर्वाचन क्षेत्रबाट ओलीलाई पार्टीको उम्मेदवार बनाउने निर्णय गरेको हो। यो क्षेत्रमा ओलीले २०४८ सालदेखि जित्दै आएका छन् ।




