काठमाडौं । लगातार बढेर उच्च मूल्यमा पुगेको सुनचाँदीको मूल्यमा आज केही गिरावट आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन रु २ हजार ९०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला रु २ लाख ९५ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य रु पाँच हजार ८७० कायम भएको छ । बुधबारको तुलनामा चाँदी रु ५० ले घटेको हो ।
गत आइतबार प्रतितोला रु २,७८,८०० मा कारोबार भएको सुन, सोमबार बढेर रु २,८२,००० पुगेको थियो । त्यस्तै, आइतबार प्रतितोला रु ५,६२५ मा किनबेच भएको चाँदीको मूल्य सोमबार बढेर रु ५,८१० कायम भएको थियो।




