काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ९ हजार ५०० रुपैयाँले बढी हो।
त्यसैगरी चाँदीको मूल्य पनि बढेर प्रतितोला ७ हजार ३०० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धि र आर्थिक अस्थिरताको असरका कारण सुनचाँदी दुवैको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको महासंघले जनाएको छ।




