काठमाडौं, माघ २३ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४,२०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पहेँलो धातु प्रतितोला २,९१,००० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला २९५,२०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य २७० रुपैयाँले घटेर प्रतितोला ४,७१० रुपैयाँमा कारोबार भइरहेको छ।




