काठमाडौं, माघ २६ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सभाको बैठक मुख्यगरी बिदाइ र विधेयकहरूमा केन्द्रित हुनेछ।
बैठकमा कानून मन्त्रीले सांसदका प्रश्नहरूको उत्तर दिने, ‘सामाजिक सञ्जाल विधेयक’ र ‘पर्यटन विधेयक, २०८१’ माथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। साथै, बैठकमा पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ।
आजको बैठकको विशेष आकर्षण भनेको आगामी फागुन २० गते कार्यकाल सकिन लागेका १९ जना सांसदहरूको बिदाइ सम्बोधन रहनेछ, जहाँ उनीहरूले आफ्नो कार्यकालका अनुभव र अनुभूतिहरू साट्नेछन्।




