काठमाडौं, माघ २६ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४,१०० रुपैयाँले बढेर ३,०४,६०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ३,००,५०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २४० रुपैयाँले बढेर ५,२५० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको भाउ यसरी आकाशिएको महासंघले जनाएको छ।




