काठमाडौं, फागुन १ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ नीति र नेतृत्वसहित आएको कांग्रेस नै नयाँ पार्टी खोज्नेहरूका लागि निर्विकल्प शक्ति भएको बताएका छन्।
सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै थापाले कांग्रेसले आफ्नो गौरवमय विरासतलाई बोकेर समयसापेक्ष नयाँ रूप र एजेन्डा लिएर आएको दाबी गरे। खासगरी ‘जेन-जी’ पुस्ताको सक्रियताप्रति खुसी व्यक्त गर्दै उनले मधेसको शिक्षा, स्वास्थ्य र सिँचाइको समस्या समाधान गर्न युवाहरूले नै नेतृत्व लिनुपर्नेमा जोड दिए।
थापाले आफू प्रधानमन्त्री बनेको खण्डमा पाँच वर्षमा गर्ने कामहरूको विस्तृत खाका ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार रहेको बताउँदै सर्लाहीका समस्यालाई पार्टीको आगामी संकल्पपत्रमा प्राथमिकताका साथ समेट्ने प्रतिबद्धता समेत जनाए।
थापाले कांग्रेससँग देश चलाउने उत्साह र अनुभव दुवै रहेको बताउँदै प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत खाका ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार रहेको खुलासा गरे। सर्लाहीका समस्यालाई पार्टीको आगामी संकल्पपत्रमा समेट्ने प्रतिबद्धता जनाउँदै उहाँले देशको नेतृत्व गर्ने अवसर दिन देशभरका मतदातालाई आग्रह गरे।




