काठमाडौं, चैत्र ८ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले आगामी चैत १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार यसपटकको शपथ ग्रहण समारोहमा सांसदहरूलाई आफ्नो मातृभाषा र सांस्कृतिक पहिचान झल्किने पोसाक प्रयोग गर्न विशेष छुट दिइएको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मातृभाषामा शपथ लिन चाहने सांसदहरूले समारोह हुनुभन्दा कम्तीमा तीन दिन अगावै सचिवालयलाई जानकारी गराउनुपर्नेछ। शपथ ऐन २०७९ को दफा ५ बमोजिम मातृभाषा रोज्ने सदस्यले शपथको व्यहोरालाई आफैँले प्रमाणित गरी अनुवादित प्रति समेत बुझाउनुपर्ने प्रावधान रहेको छ।




