काठमाडौँ, जेठ १३ । नेपाली बजारमा आज पहेँलो धातु (सुन) को मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा रु १,००० ले घटेको हो।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु २,९०,५०० निर्धारण गरेको छ। यसअघि मङ्गलबार छापावाला सुन प्रतितोला रु २,९१,५०० मा कारोबार भएको थियो।
सुनको मूल्य ओरालो लाग्दा चाँदीको भाउ भने तोलामा रु २० ले बढेको छ। मङ्गलबार प्रतितोला रु ५,०६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु ५,०८० तोकिएको महासङ्घले जनाएको छ।




