काठमाडौं, भदौ २ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशअनुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।
मंगलबार ललितपुरको सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले तोकिएको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्। यसपटक क्रियाशील सदस्यता डिजिटलाइज्ड भएकाले काम केही सहज हुने बताउँदै उनले महाधिवेशन प्रक्रियामा कुनै अनियमितता वा पूर्वाग्रह हुन नदिने सचेत गराए।
केन्द्रीय कार्यसमितिले असोज १६ गतेलाई महाधिवेशनको मिति तय गरेकाले सोही मितिलाई आधार मानेर जिल्ला तथा अन्य तहका अधिवेशन सञ्चालन गर्न उनले आग्रह गरेका छन्।




