काठमाडौं, असोज ३० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत समूहबाट केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो स्थानमा निर्वाचित भएका छन्। त्यस्तै, अधिवक्ता सीताराम केसीले १ हजार ५३६, डा. प्रदीप मिश्रले १ हजार ४७८ र केशव निरौलाले १ हजार २३२ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
पाँच पदका लागि भएको प्रतिस्पर्धामा यी पाँच उम्मेदवार विजयी भएका हुन्।
अन्य उम्मेदवारले प्राप्त गरेको मत
अन्तिम मतपरिणामअनुसार शिवशंकर रिजालले १ हजार २२०, डा. नहकुल केसीले १ हजार १६६, भरत राज ढकालले १ हजार १४८, सीए पदम भण्डारीले १ हजार ११७, प्रकाश कटुवालले १ हजार ७७ र ई. मनोज घिमिरेले १ हजार ५९ मत प्राप्त गरेका छन्।
त्यस्तै, ई. धनेन्द्र केसीले ८७५, ई. दीपेन्द्र क्षेत्रीले ८६८, गोपाल प्रसाद पोखरेलले ५९४, काशीनाथ चुडालले ५७१, विज्ञान प्रसाईंले ४८१, लक्ष्मी किशोर सुवेदीले ४७८, शमिरजंग शाहले ४५७, धर्मानन्द जोशीले ४५४, सुवास अधिकारीले ४४६, बिनोद कुमार यादवले ४२७, शिव लम्सालले ४२४ र मोहन लम्सालले ४०६ मत प्राप्त गरेका छन्।
यसैगरी ज्ञानिन्द्र झाले ३८६, शत्रुघ्न प्रसाद गुप्ताले ३७४, ई. सुदर्शन शर्माले ३४७, डा. विनायक पण्डितले ३२९, ई. यमकृष्ण पौडेलले ३०५, डा. शिवचन्द्र शाहीले ३०१, हरि प्रसाद कार्कीले २७५, सुशील प्रसाद फुँयालले १९० र विश्वदिप लामिछानेले १८६ मत प्राप्त गरेका छन्।
पेशागत समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित डा. केदार नरसिंह केसीले सर्वाधिक मत प्राप्त गर्दै आफ्नो समूहमा पहिलो स्थान हासिल गरेका छन्।




