काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा खेलमा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ ।
१४३ रनको लक्ष्य पछ्याउँदै चितवन १७.२ ओभरमा ८९ रनमा अलआउट भयो। रशिद खानले बलमा उत्कृष्ट प्रदर्शन गर्दै १.२ ओभरमा ३ रन दिएर ३ विकेट लिए र राइनोजका अन्तिम चार विकेटमध्ये तीन विकेट लिए।
कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमले २-२ विकेट बाँडे भने सन्तोष यादवले १ विकेट लिए।
चितवनले ब्याटिङमा संघर्ष गर्यो, देव खनाल र रवि बोपाराले २१-२१ रन बनाए।
ओपनर डेभिड मलानले ७ र कप्तान कुशल मल्लले ६ रन मात्र बनाए। यो चार खेलमा चितवनको दोस्रो हार हो।




