काठमाडाैं । सहकारी ठगी मुद्धामा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा न्यायाधीश तेजनारायण पौडेल र सागर विष्ट रहेको चार नम्बर इजलासमा परेको छ। यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको रिहाइको अनुरोध अस्वीकार गरेको थियो । उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।




