काठमाडाैं । स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ११ सय रुपैयाँले घटेको छ । जसअनुसार आज सुनकाे मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा ४ हजार ५९० रूपैयाँमा कारोबार भएको थियो ।




