काठमाडौं । चार दिनदेखि लगातार उच्च मूल्यसहित बढिरहेको सुनचादी आज पनि उल्लेख्य रुपमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ७८ हजार पुगेकाे छ । मंगलबार प्रतिताेला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
गत आइतबार प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन हिजो तोलामा ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ५ हजार ६५५ रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला रु चार हजार ९९० मा काराेबार भएको चाँदी हिजो रु ५ हजार १९५ मा किनबेच भएको थियो ।




