काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो।
आज प्रतितोला सुन २ लाख ७७ हजार २०० कायम भएको छ। बिहीबार प्रतितोला २ लाख ७६ हजार ५०० पुगेको थियो।
आज चाँदीको भाउ पनि वृद्धि भएको छ। आज चादी १६० रुपैयाँले बढेर प्रतितोला चाँदी ५ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




