काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सोमबार एकैदिन प्रतितोला ५ हजार २०० रुपैयाँले बढेर नयाँ ऐतिहासिक उचाइमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। यो नेपाली सुन बजारको इतिहासमै अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। आज चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।




