काठमाडौं, माघ २१ । आज नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन प्रतितोला १४,४०० रुपैयाँले बढेर ३,०४,७०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन प्रतितोला २,९०,३०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ, जहाँ चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर आज ५,६०० रुपैयाँमा कारोबार भइरहेको छ।




