काठमाडौं, असोज २६ । गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।
बैठकमा नेपालसहित बिमस्टेकका सात सदस्य राष्ट्रबीच क्षेत्रीय सुरक्षा, आतंकवाद नियन्त्रण, साइबर अपराध, मानव बेचबिखन तथा विपद् व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।
भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहलगायत सदस्य राष्ट्रका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
बिमस्टेक सदस्य राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड हुन्।




