काठमाडौं, असोज २९ । नेपाली कांग्रेसका युवा नेता नवीनराज पौडेलले समय र परिस्थितिअनुसार जीवनमा उतारचढाव आइरहने भन्दै हारमा निराश नहुन र जितमा घमण्ड नगर्न आग्रह गरेका छन्।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ठेस लागेर लडेको व्यक्ति अझ बलियो भएर उठ्न सक्ने, तर अहंकारका कारण लडेको व्यक्तिलाई पुनः उठ्नसमेत कठिन हुने बताएका छन्।
“हारले निराश नहुनु, जितले घमण्ड नगर्नु। समय सधैँ एकनास हुँदैन,” उनले लेखेका छन्।
जीवनमा संघर्षका बेला धैर्य राख्न, सफलतामा विनम्र बन्न र हरेक परिस्थितिमा आत्मसम्मान जोगाइराख्नुपर्नेमा जोड दिँदै पौडेलले मानिसको वास्तविक पहिचान उसले हासिल गरेको उचाइले नभई अरूप्रति गर्ने व्यवहारले निर्धारण गर्ने सन्देश दिएका छन्।
उनको स्टाटसले सफलता र असफलता दुवै अवस्थामा संयमित रहन तथा व्यवहारमा विनम्रता कायम राख्नुपर्ने सन्देश दिएको छ।




