काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज दुई खेलहरू हुँदैछन्।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलहरूमा पहिलो खेल काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सबीच हुँदैछ।
यो खेल बिहान ११:४५ बजेदेखि सुरु भइसकेको छ । खेलमा पोखराले टस जितेर बलिङ रोजेको छ । पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ ।
काठमाडौँ गोर्खाज अंक तालिकामा दोस्रो स्थानमा छ भने पोखरा एभेन्जर्स पाँचौं स्थानमा छ। काठमाडौँ अहिलेसम्म ६ खेलमा ८ अंकसहित तुलनात्मक रूपमा सहज स्थितिमा छ भने पोखरा अन्तिम चारमा कुनै पनि सम्भावना कायम राख्न जित्नै पर्ने अवस्थामा छ । पोखराले ५ खेलमा ४ अंक मात्र संकलन गरेको छ।
आज हुने दोस्रो खेलमा चितवन राइनोजले अपराजित टोली सुदुरपश्चिम रोयल्सको सामना गर्नेछ। खेल अपराह्न ४ः०० बजे सुरु हुनेछ। सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने छ ।




