काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३,१०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन एकैचोटी प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक सय ९५ रुपैँयाले बढेर ४ हजार आठ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




