काठमाडौं । आज शुक्रबार सुनको मूल्य फेरी ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २१ सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार १ सय रूपैयाँ बढेको छ । जसअनुसार प्रतितोला २ लाख ६७ हजार ८ सय रूपैयाँमा आज सुन कारोबार भइरहेको छ ।
यस्तै आज चाँदी भने घटेको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ रहेको छ । बिहीबार तोलामा ४ हजार ८३५ रूपैयाँमा कारोबार भएको थियो ।




